image
image

पुल निर्माण अलपत्र

काठमाडौँ  १६ भदौ । सर्लाहीको लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको पुल निर्माण अलपत्र परेको छ । डेढ महिनाअघि बाढीले क्षति पु¥याएको सो पुलको निर्माण कार्य अहिले अलपत्र परेको हो । लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८ रामपुरलाई जोड्ने फुलजोर खोलाको निर्माणाधीन पुल ढलान भएको दुई सातामै सामान्य पानी पर्दा क्षति भएको डेढ महिना पुगिसक्दा पनि निर्माणको काम अघि बढ्न सकेको छैन ।


ठेकेदारले बेलैमा काम नगरेका कारण बाढीले पुलमा क्षति गरेको र पुनःनिर्माणमा ठेकेदार कम्पनी मौन देखिएको ईश्वरपुर नगरपालिका–८ का वडाध्यक्ष श्यामबहादुर थापाले बताए । असार १५ मा परेको सामान्य पानीका कारण २०० मिटर लामो पुलमध्ये करिब ४० मिटरमा क्षति पुगेको छ । सम्झौताअनुसार गत असार मसान्तमै पुल निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले निर्माण सुस्त गरेका कारण पुलको निर्माण समयमै सम्पन्न हुन नसकेको लालबन्दी नगरपालिका–३ का वडाध्यक्ष रामनारायण चौधरीले बताए।

पुल निर्माणको काम पूरा नहुँदा लालबन्दी र ईश्वरपुर नगरपालिकासहित अन्य छिमेकी स्थानीय तहबाट हाटबजार गर्न र किनमेल गर्न लालबन्दी आउनेलाई समस्या परेको छ । ठेकेदार कम्पनीले लापरवाही ढङ्गले काम गरेको र समयमै कामदारको भुक्तानी नगरेका कारण पुल निर्माणमा ढिलाइ भएको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार देवकोटाले बताए ।

पुल निर्माणका लागि पप्पु शिवशङ्कर जेभीले रु १२ करोडमा ठेक्का लिएको हो । सङ्घीय सरकारको सहयोगमा आव २०७५÷७६ बाटै पुल निर्माण सुरु भएको हो । बर्खायाममा काम नहुने नभएकाले अब कात्तिक लागेपछि मात्रै पुलको बाँकी काम सुरु हुने निर्माण कम्पनीका प्रतिनिधि मनोजकुमार साहले बताए ।

पुलको ढलान वर्षा सुरु भएपछि भएको र स्प्रिङ तान्ने समयमा परेको सामान्य पानीले गर्दा खोलाको बालुवा धसिँदा पुलको सेटिङमा क्षति पुगी पुलको करिब ४० मिटर क्षेत्र भासिएको थियो । सो क्षेत्रमा अहिले सेटिङ खोल्ने काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।