एक करोड भन्दा बढीले लगाए कोरोना खोप
काठमाडौँ १६ भदौ । नेपालमा १ करोड ९२ हजार १६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।खोप अनुदान सहयोग र खरिदमार्फत प्राप्त भएको उक्त खोप ५४ लाख २४ हजार ८३६ जना अर्थात १८ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ४६ लाख ६७ हजार ३२८ जना अर्थात १५ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।
नेपालमा कोभिशिल्ड, भेरोसेल, जोनसोन एण्ड जोनसोन र एष्ट्राजेने खोपलाई मान्यता दिईएको छ । अहिले झन्डै ३३ लाख मात्रा खोप लगाउने अभियान सञ्चालन भइरहेको छ ।
नेपालमा कोभिशिल्ड, भेरोसेल, जोनसोन एण्ड जोनसोन र एष्ट्राजेने खोपलाई मान्यता दिईएको छ । अहिले झन्डै ३३ लाख मात्रा खोप लगाउने अभियान सञ्चालन भइरहेको छ ।









