नियम परिवर्तन गर्दै उपत्यकामा थपियो निशेधाज्ञा, अब यी व्यवसाय सञ्चालन हुने
काठमाडौँ १६ भदौ । काठमाडौँ उपत्यकामा कोरोना महामारीको रोकथाम तथा नियन्त्रण गर्न जारी निषेधाज्ञा थपिएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुखहरुको बैठकले निषेधाज्ञा कायम राख्दै राति ९ बजेपछि सवारी साधन संचालन गर्न दिइने निर्णय गरेको हो ।
बुधबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामाग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म गर्न पाउने निर्णय गरेको हो ।यसको साथै बैठकले स्थानिय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि साझ ७ बजेसम्म गर्न नपाउने निर्णय गरेको छ ।
त्यस्तै सिनेमा हल भदौ १७ गते बिहीबारबाट खुलाउने निर्णय गरेका छन् । योसँगै मनोरञ्जन स्थल, जिमखाना, खेलकुद, व्युटीपार्लर सैलुन लगायतका अहिलेसम्म बन्द रहेका व्यवसाय सञ्चालन हुने भएका छन् ।
यता भौतिक रूपमा विद्यालय सञ्चालनबारे अस्पष्ट निर्णय गरेका छन् ।बैठकले स्मार्ट लकडाउन गर्ने निर्णय गर्नुका साथै विद्यालयहरु भौतिक रुपमा सञ्चालन गर्न नपाइने तर सञ्चालन गर्नै पर्ने भएमा स्थानीय तहहरु र जिल्ला कोभिड संकट व्यबस्थान केन्द्रसँग समन्वय गरेर मात्र गर्न पाइने व्यबस्था गरेको छ ।