image
image

भारतको उत्तर प्रदेशमा अज्ञात रोगका कारण ५० भन्दा बढीको मृत्यु

काठमाडौं, १६, भदौ । भारतमा अज्ञात रोगका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशमा ६ जिल्लामा यो रोेग फैलिएको समाचारमा बताइएको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उच्च ज्वरो आउने र धेरै पसिना आउनेजस्ता समस्या देखिएको छ । उनीहरुमध्ये धेरैले टाउको दुख्ने, शरीरमा पानी कम भएको र वाकवाकी लाग्नेजस्ता समस्या देखिएको बताएका थिए । केही बिरामीको हात र खुट्टामा बिमिरा आउने समस्या देखिएको थियो ।

उक्त अज्ञात रोगका कारण अहिले सयौं मानिस अस्पतालमा भर्ना भएका छन् । अहिलेसम्म यो समस्याको कारण मृत्यु हुने कसैमा पनि कोरोना भाइरसको संक्रमण भने पुष्टि भएको छैन । 

यो समस्या देखिएको जिल्लाका डाक्टरहरुले मृत्युको कारण लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमण हुन सक्ने बताएका छन् । उनीहरुका अनुसार अस्पताल आउने मानिसको रगतमा प्लेटलेटको मात्रा निकै कम देखिएको बताएका छन् । यो लक्षण डेंगुका बिरामीसँग पनि मिल्छ ।

पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग विश्वका एक सयभन्दा धेरै मुलुकमा देखिइसकेको छ, तर यसका ७० प्रतिशतभन्दा धेरै संक्रमित एसियामा भेटिएका छन् । बालबालिकामा यो रोगको जोखिम सबैभन्दा धेरै हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।