लामो समयदेखि बन्द फिल्म हल भोलिबाट खुलाउन अनुमति दिने प्रशासनको निर्णय
काठमाडौँ, १६, भदौ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीका कारण विगत लामो समयदेखि बन्द भएका काठमाडौँ, उपत्यकाका फिल्म हलहरु भोलिदेखि खुल्ने भएका छन् । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले फिल्म हल खुलाउन अनुमति दिने निर्णय गरेको हो ।
नेपाल प्रेससँग कुरा गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य मापदण्ड पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिइएको बताए । ‘स्मार्ट लकडाउनको कार्यविधिअनुसार फिल्म हल खुलाउन अनुमति दिएका हौं’ सीडीओ पराजुलीले भने ।
उनले प्रशासनको आदेशको पालना भए नभएको अनुगमन गर्ने समेत निर्णय भएको जनाए । सीडीओको बैठकले जारी निषेधाज्ञालाई भदौ मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ । प्रशासनले निर्णय गरेपनि फिल्म हलहरु तत्काल खुल्ने अवस्था नरहेको क्यूएफएक्स संचालक नकिम उद्दिनले बताए ।