image

इजरायल जान आवेदन दिने नेपाली कामदारको लिखित परीक्षा भदौ २८ गते

इजरायल जान आवेदन दिने नेपाली कामदारको लिखित परीक्षा भदौ २८ गते

काठमाडौँ, १६, भदौ । इजरायल (केयर गिभरमा) जान आवेदन दिएका नेपाली कामदारले भदौ २८ गते परीक्षा दिन पाउने भएका छन् । काठमाडौँ उपत्यकाको विभिन्‍न परीक्षा केन्द्रहरूमा १ बजेदेखि अंग्रेजी भाषाको परीक्षा हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

आवेदन स्वीकृत भएका परीक्षार्थीहरूको परीक्षा केन्द्र अनलाइनमार्फत जानकारी हुने र प्रवेश पत्र साथमा लिइ परीक्षा केन्द्र जानुपर्ने विभागले जानकारी दिएको छ । यसअघि इजरायल जान साउन ४ देखि ३२ गतेसम्म आवेदन दिने समय तोकिएको थियो ।

इजरायललाई नेपालीका लागि आकर्षक रोजगार गन्तव्य मुलुक मानिन्छ । एक हजार कामदारको माग आएको छ । ७० प्रतिशत महिला र ३० पुरुषलाई लाने गरि  इजरायलबाट माग आएको छ । कामदारले मासिक डेढ लाख रुपैयाँ बढी तलब पाउनेछन् ।

गत वर्षको असोजमा इजरायल र नेपाल सरकारको बिचमा केयर गिभरमा नेपाली कामदार लाने गरी सम्झौता भएको थियो । ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लान पाउने गरी सम्झौता गरिएको थियो । सरकारले साउन ११ गतेदेखि कामदारका लागि विज्ञापन खुलाएको थियो र केही दिन अघि मात्र आवेदन भर्ने समय सकिएको थियो । पाँच वर्षको करार अवधि र सुरुमा एक वर्षको मात्र हुनेछ । ६ दिन काम र सातामा ४२ घण्टा काम गर्नुपर्नेछ । इजरायली कानुनअनुसार वार्षिक बिदा पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।