image
image

गाभीले एक लाख डोज फाइजर खोप उपलब्ध गराउने

काठमाडौँ, १६, भदौ । कात्तिकको पहिलो सातासम्ममा एलायन्स फर गाभीले अनुदानस्वरुप उपलब्ध गराउने फाइजर खोप नेपाल आइपुग्ने भएको छ । गाभीले एक लाख डोज खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले जानकारी दिए ।

ुखोप आयात उपलब्ध गराउने हामीलाई आश्वासन प्राप्त गरिसकेका छौं,ु पोखरेलले भने,ुखोप राख्‍न गाभीले फ्रिजसमेत उपलब्ध गराउने भएको छ । नेपालले पनि आवश्यक भण्डारणको तयारी गरिरहेको छ ।

फाइजर खोप माइनस ७० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ। हालसम्म उक्त खोपका लागि भण्डारण केन्द्रको स्थापना गरिएको छैन । सरकारले फाइजर खोप बालबालिकालाई लगाउने घोषणा गरिसकेको छ ।

नेपालमा हालसम्म तीन कम्पनीको मात्र खोप लगाइएको छ । चीनको भेरोसेल खोप, भारतको कोभिसिल्ड र अमेरिकाको जोनसन एण्ड जोनसन खोप लगाइएको छ ।

औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि भारतको सिरम इन्स्च्युटबाट उत्पादित कोभिसिल्ड, चीनबाट सिनोफार्मको भेरोसेल, भारतबायोटेकको कोभ्याक्सिन र  रसियन कम्पनी स्पुटनीक भिले आपतकालीन प्रयोगका अनुमति पाइसकेका छन् । 

भारतबाट अनुदानस्वरुप प्राप्त १० कोभिसिल्ड खोप नेपालमा गत वर्षको माघ १४ गतेदेखि लगाउन थालिएको थियो । अहिलेसम्म पहिलो र दोस्रो डोज खोप लगाउनेको संख्या करिब एक करोड पुगिसकेको छ । हालसम्म एक करोड १३  लाख ९४ हजार कोभिडविरुद्धको खोप भित्रिएको छ ।

चीनबाट भेरोसेल खोप अनुदानस्वरुप १८ लाख, खरिद गरी ४० लाख । भारतबाट कोभिसिल्ड खोप ११ लाख अनुदानस्वरुप र खरिद गरी १० लाख । भुटानबाट २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार, बेलायतबाट १ लाख ३० हजार र जापानबाट अनुदानस्वरुप १६ लाख खोप अनुदान स्वरुप ल्याइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।