image
image

वैदेशिक रोजगारमा जाने र फर्किएकालाई लक्षित गरी आप्रवासन कक्ष सञ्चालन

काठमाडौँ, १६, भदौ । वैदेशिक रोजगारमा जान लागेका र फर्किएकाहरुलाई लक्षित गरी बेनीमा आप्रवासन सहायता कक्ष सञ्चालन गरिएको छ । सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत रिड नेपाल नामक संस्थाको सहयोगमा म्याग्दी सामुदायिक पुस्तकालयले कक्ष सञ्चालनमा ल्याएको हो ।

वैदेशिक रोजगारसम्बन्धी परामर्श र समस्याको सहजीकरणका लागि पुस्तकालयको भवनमै उक्त कक्षा सञ्चालन गरिएको अध्यक्ष सन्तोष रावलले जानकारी दिए । गत वैशाख महिनादेखि सञ्चालन ल्याइएको कक्षमा हालसम्म ५०० भन्दा बढीले परामर्शलगायत विभिन्न सेवा पाएका छन् । कक्ष सञ्चालन गर्न पुस्तकालयले एक कर्मचारी नियुक्त गरेको छ । 

वैदेशिक रोजगारमा जाने धेरैले परामर्श गर्ने भएकाले कक्ष प्रभावकारी बनेको कर्मचारी कमला पौडेलले बताइन् । सहायता कक्षमा वैदेशिक रोजगारसम्बन्धी उपयोगी पुस्तक, पर्चालगायत अध्ययन सामग्रीे छ । 

विसं २०६८ को जनगणनाअनुसार जिल्लाका २५ हजारभन्दा बढी नागरिक रोजगारीका लागि विश्वका विभिन्न देशमा गएका देखिन्छ । यो संख्या र कानुनी प्रक्रिया पूरा गरेर वैधानिक बाटो भई विदेश जानेको हो । 

पछिल्लो समय अवैध बाटो भएर, धेरै खर्च र जोखिम मोलेर अमेरिकालगायत युरोपेली मुलुक जाने क्रम बढेको बताइन्छ । उनीहरुले वार्षिक रु पाँच अर्बको हाराहारीमा विप्रेषण पठाउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।