image
image

बागमती प्रदेशका सामाजिक विकास मन्त्री शर्माले दिए राजीनामा

काठमाडौँ, १६, भदौ । बागमती प्रदेशका समाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट राजीनामा दिएका छन्उ । नले आज बिहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई भेटेर मन्त्री पदबाट राजीनामा दिएका हुन्। आफूूले मन्त्री पदबाट राजीनामा दिएको शर्माले बताए।

हिजो अष्ट कमरेडलाई मुख्यमन्त्री बनाउनु पर्छ भनेर म लागेकै हो। तर अहिले हाम्रो दल र विचारधारा फरक भएकाले उहाँको मन्त्रिमण्डलमा बसिरहन सकिनँ, शर्माले भने। शर्माले मंगलबार नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेका थिए। माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) मा उनी केन्द्रीय सदस्य छन्।

शाक्य मुख्यमन्त्री बनेलगत्तै शर्मालाई मन्त्री नियुक्त गरेकी थिइन्। शर्मा पहिलेदेखि नै नेपाल पक्षमा थिए। मंगलबार बागमती प्रदेशका १२ जना एमाले सांसदले पार्टी परित्याग गरी एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका थिए। १२ जना सांसदले नयाँ दल रोजेसँगै नेकपा एमालेको एकल बहुमतमा मुख्यमन्त्री बनेकी शाक्य अल्पमतमा परेकी छन्। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।