image

यूएईमा सबै प्रकारका भिसामा विदेशीलाई प्रवेश अनुमति  

यूएईमा सबै प्रकारका भिसामा विदेशीलाई प्रवेश अनुमति  

काठमाडौँ, १६, भदौ । खाडी मुलुक यूएईले नेपालसहित सबै देशबाट वैदेशिक रोजगारी, भ्रमण तथा पारिवारिक भिसा खुला गरेको छ । यूएईले सोमबार अगस्ट ३० देखि लागू हुने गरी विश्वका सबै मुलुकका नागरिकहरुका लागि इम्प्लाईमेन्ट, टुरिष्ट र पारिवारिक भिसा खुला गरेको खालिज टाइम्सले जनाएको छ । कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या बढेको र संक्रमणको दर कम भएपछि यूएईले रात्रीकालीन गतिविधिहरुलाई पनि खुकुलो बनाएको छ ।

यूएईले नेपालसहित बंगलादेश, कंगो, भारत, लाईबेरिया, नामिविया, नाइजेरिया पाकिस्तान, सियरा लियोन, श्रीलंका, दक्षिण अफ्रिका, युगाण्डा, भियतनाम र जाम्बियाका नागरिकलाई यूएई प्रवेशमा लामो समयदेखि रोक लगाएको थियो ।

यूएई यात्रा गर्ने विदेशी यात्रुले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रमाणित गरेको कुनै पनि खोप लगाएको, उडान भर्ने बेला अनिवार्यरुपमा विमानस्थलमा पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ, क्युआर कोड सहितको रिपोर्ट र यूएईले प्रयोग गरिरहेको ‘अल होस्न एप्लिकेसनको आइसीए डाउनलोड गरी रजिष्टर्ड गरेको हुनुपर्ने शर्त तोकेको छ ।

नेपालमा भने यूएईको भिजिट भिसा खुला नहुँदै नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसामा जानेहरुको भीड बढेको बताइएको छ । विगतमा जस्तै नेपाली कामदारहरु भिजिट भिसामा पठाएर कमाउन पल्केका नेपालका केही एयरलाइन्स तथा ट्राभल एजेन्सी र केही म्यानपावर कम्पनीहरु हाल पनि सक्रिय रहेको बताइएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।