image
image

व्यवस्थित बनाइँदै भेटेरेनरी अस्पताल

चितवन। चितवनको भरतपुरको भेटेरिनरी अस्पताललाई व्यवस्थित बनाइने भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा छुट्टै व्यवस्थित मिनी अस्पताल बनाउन लागिएको हो। 

पशु सेवा विज्ञ केन्द्रभित्र नयाँ स्वरूपको भेटेरिनरी अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ। भेटेरिनरी अस्पताल तथा पशुरोग विज्ञ केन्द्रका प्रमुख डा दयाराम चापागाईँका अनुसार केन्द्रमा नै रहेको पुरानो भवनलाई मर्मत गरेर थप व्यवस्थित भेटेरिनरी अस्पताल बनाउन लागिएको हो। 

उक्त अस्पताल यही फागुनको अन्तिमसम्ममा सञ्चालनमा आउन उनले जानकारी दिए। भेटेरिनरी अस्पतालका लागि रु २६ लाख बजेट विनियोजन भएको छ । अस्पतालमा उपचारकक्षसहितको प्रयोगशाला अल्ट्रासाउण्ड प्रयोगमा ल्याउनुका साथै एक्सरे मेसिन पनि राखिने जनाइएको छ। 

केन्द्रभित्रै रहेको भवनमा बन्न लागेको उक्त भेटेरिनरी अस्पतालमा रोग पहिचान गर्नेलगायत व्यवस्थित तालिम हल पनि निर्माण गरिनेछ। 
गत वर्ष सरकारद्वारा केन्द्रमा उपलब्ध गराएका सामग्रीलाई नै परिचालन गरी अस्पतालको सेवालाई थप व्यवस्थित एवं प्रभावकारी बनाइने छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।