image
image

एसियन कंक्रिटोले थाल्यो नेपाल गुणस्तरमा उत्पादन 

काठमाडौँ, १६, भदौ ।  एसियन कंक्रिटोले नेपाल गुणस्तर मापदण्डमा उत्पादन सुरु गरेको छ । यसअघि कम्पनीले युरोपियन तथा भारतीय मापदण्ड अनुसार निर्माणजन्य सामाग्री उत्पादन गरिरहेको थियो । कंक्रिटोले वैशाख ७ गते नेपाल गुणस्तर तथा नापतौल विभागबाट चिन्ह (एनएस) पाएपछि सोहीअनुसार उत्पादन थालेको हो ।

कम्पनीका अध्यक्ष मनिष रंगटाले नेपालमा कंक्रिटो उत्पादन गर्ने मापदण्ड नबनेकाले अहिलेसम्म युरोपियन र भारतीय मापदण्डमा उत्पादन गर्दै आएको बताए । तर, अब नेपालमा गुणस्तर मापदण्ड बनेपछि नेपाल गुणस्तरमै उत्पादन थालिएको उनको भनाई छ ।

एसियन कंक्रिटो उद्योगले अहिले ३० वटा विभिन्न निर्माणजन्य सामाग्री उत्पादन गर्दै आएको कम्पनीका निर्देशक अनिल जाटियाले बताए । यसमध्ये कर्बस्टोन र इन्टरलक ब्लक नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो प्रडक्ट बनेको जाटियाले जानकारी दिए ।

कर्बस्टोन र इन्टरलक ब्लक सरकारले बनाउने पूर्वाधार विकासमै ८०/९० प्रतिशतसम्म खपत हुने गरेको कम्पनीले जनायो । सोहीकारण, सरकारले नेपाल गुणस्तर चिन्ह पाएका दुई प्रडक्टको प्रयोग गरेमा निर्माण खर्चबापतको अर्बौ रकम जोगिने कम्पनीको दाबी छ ।

‘विगतका दिनमा नेपालमा यस्ता गुणस्तरीय प्रडक्ट बनेका थिएनन् । उद्योग पनि लागिसकेका थिएनन् । बाध्य भएर सरकारले गुणस्तरहीन प्रडक्ट प्रयोग गरिरहेको थियो,’ निर्देशक जाटियाले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।