image
image

मुख्य रजिष्ट्रारलाई सर्वोच्चको प्रश्नः न्यायाधीशको सम्पत्तिसम्बन्धी रिट किन दर्ता नगरेको ?

काठमाडौं, १५ भदौ । सर्वोच्च अदालतले न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न माग गर्दै दायर रिट दर्ता गर्न अस्वीकार गर्ने (दरपीठ गर्ने) मुख्य रजिष्ट्रारलाई  दर्ता नगर्नुको कारण पेस गर्न आदेश दिएको छ । अधिवक्ता प्रवेश केसीले दायर गरेको सम्पत्तिसम्बन्धी रिट एक महिनाअघि मुख्य रजिष्टार लालबाबु कुँवरले दर्ता गर्न नमिल्ने भन्दै फर्काइदिएका थिए । 

उनको दरपीठ आदेशविरुद्ध इजलासमा परेको निवेदनमा सुनुवाई गर्दै न्यायाधीश हरिकृष्ण कार्कीले दरपीठ गर्नुपर्ने कारण खुलाएर इजलासमा प्रतिवेदन पेस गर्न मुख्य रजिष्ट्रारलाई आदेश दिएका छन् । अधिवक्ता केसीले न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, न्यायाधीशको सम्पत्ति गोप्य राख्ने विद्यमान कानुन बदर गर्नुपर्ने मागसहित रिट दर्ता गराउन खोजेका थिए । 

सम्पत्ति विवरण गोप्य राख्ने कानुन संविधानको धारा २७ को सूचनाको हकसँग बाझिएको भन्दै दर्ता गर्न खोजेको रिट उनले दर्ता गर्न अस्वीकार गरेका थिए । कुँवरको जवाफसहितको प्रतिवेदन पेस भएपछि इजलासले रिट दर्ता गर्ने या नगर्ने भन्ने आदेश दिनेछ । न्युज कारखाना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।