image
image

खल्तीबाट कुनै पनि सहकारीमा निःशुल्क पैसा पठाउन सकिने 

काठमाडौँ, १५, भदौ । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ग्राहकहरुको लागि खल्तीमा उपलब्ध ४ सयभन्दा बढी सहकारी खातामा निःशुल्क रकम पठाउन सकिने सेवा कार्यान्वयनमा ल्याएको छ। 

यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्तीबाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार र दिनको १ लाखसम्मको रकम निःशुल्क पठाउन वा जम्मा गर्न सक्नेछन्। 

त्यसैगरी प्रत्येक महिनाको अधिकतम १० पटक वा २ लाख ५० हजारसम्मको रकम बिना कुनै सेवा शुल्क खल्तीबाट कुनै पनि सहकारी खातामा ट्रान्सफर गर्न सकिन्छ।

खल्ती केवाईसी भेरिफाई गराएको प्रयोगकर्ता, खल्ती पसल, र एजेन्टहरुको हकमा यो अफर लागु हुने कम्पनीले बताएको छ। नयाँ ग्राहकले खल्ती एप डाउनलोड गरी खल्ती केवाईसी भेरिफाई गरेपछि यो अफरमा सहभागी हुन सक्नेछन्। 

१९ लाख बढी प्रयोगकर्ता भएको खल्तीले चार वर्षभन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न सहयोग पुर्याउँदै आइरहेको छ।

खल्ती वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।