काठमाडौँको फोहोर भोलिबाट उठाइने
काठमाडौँ १५ भदौ । लामो समयदेखि काठमाडौँको विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठाइने भएको छ ।मंगलबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक लगायतको बैठकले यस्तो निर्णय गरेको हो ।
ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइट जाने बिग्रिएको सडक सुचारु गराउन नसक्दा काठमाडौँ उपत्यकाको फोहोर संकलन हुन सकेको थिएन। सिसडोलमा फोहोर व्यवस्थापनको काम ०६२ सालदेखि हुँदै आएको छ ।
ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइट जाने बिग्रिएको सडक सुचारु गराउन नसक्दा काठमाडौँ उपत्यकाको फोहोर संकलन हुन सकेको थिएन। सिसडोलमा फोहोर व्यवस्थापनको काम ०६२ सालदेखि हुँदै आएको छ ।









