image
image

वालिङका दुई सय बढी घरमा जस्तापाता

काठमाडौँ, १५, भदौ । स्याङ्जाको वालिङ नगरपालिकाले हालसम्म २५६ खरका छाना विस्थापित गरी जस्तापाता लगाएको छ । वालिङ नगरपालिका तथा संघीय आयोजना कार्यान्वयन एकाईअन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको हो ।

वालिङ नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६/०७७ देखि कार्यान्वयनमा आएको यो अभियानअन्तर्गत हालसम्म २५६ खरका छाना हटाएर जस्तापाता लगाइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

स्वास्थ्यका दृष्टिले जस्तापाता भन्दा खरको छानो उपयुक्त हुँदाहुँदै पनि आगलागीको सम्भावना तथा छाना छाउने दक्ष कामदारको अभावका कारण नगरपालिका तथा सुरक्षित नागरिक आवास कार्यक्रममार्फत जस्तापाता लगाइएको नगर प्रमुख खाँणले जानकारी दिए ।

छाना विस्थापनका लागि माग भई आएका नागरिकलाई आवश्यक प्रक्रिया पूरा गरी जस्तापाता वितरण गर्ने र वालिङलाई खरका छानारहित बनाउनका लागि बाँकी रहेका घरलाई चालू आर्थिक वर्षमा सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढिएको नगर प्रमुख खाँणले बताए ।

वालिङ नगरपालिकामा हालसम्म खरको छाना विस्थापनका लागि ४३१ घरले आवेदन दिएकोमध्ये सुरक्षित नागरिक आवासका कार्यक्रमका लागि २५४ मध्ये २४० घरधुरीले मात्रै सम्झौता गरेर निर्माण थालेको कार्यक्रम संयोजक छवि आलेले बताए ।

आवेदन दिएकामध्ये सबै घरधनीसँग सम्झौता गरिएको छैन, आलेले भने, दुई किस्तामा गरेर लाभग्राहीलाई ५० हजार उपलब्ध गराउँदै आएको छौं । सुरक्षित नागरिक आवासका लागि सम्झौता भएका २४० घरमध्ये हालसम्म १०६ घरले दोस्रो किस्तावापतको रकम निर्माण सम्पन्न गरिपछि लगेको उनले बताए ।

नगरपालिकाबाट हालसम्म १५० घरले ७५ लाख बराबरको जस्तापाता लगेका छन् भने सुरक्षित नागरिक आवास कार्यक्रममार्फत १०६ घरले ५० हजारका दरले रकम बुझेका छन् । नगरपालिकामा आवेदन दिएका ४३१ घरमध्ये १७५ घर निर्माण सम्पन्न हुन बाँकी रहेका छन् । प्रतिघरलाई ५० हजारका दरले हालसम्म एक करोड २८ लाख खर्च भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ बाट सुरुवात गरेको अभियानमा गत आर्थिक वर्षबाट सुरक्षित नागरिक आवास कार्यक्रममार्फत सहयोग गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।