सामाजिक सञ्जाललाई कडाई गर्दै सरकार
काठमाडौँ १ फागुन । सामाजिक सञ्जालको सञ्जालन तथा प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले सञ्जाल व्यवस्थापन सम्बन्धी निर्देशिका तयार पारेको छ । सामाजिक सञ्जाल एवम् प्रविधिको दुरुपयोगले विभिन्न समस्या र हिंसा बढाएको भन्दै उक्त निर्णय जारी गर्न लागिएको हो ।बिद्युतीय कारोबार ऐन, २०६३ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी सरकारले यस्तो निर्देशिका बनाएको हो ।
यसले इन्टरनेट तथा सूचना प्रविधिमा आधारित फेसबुक, ट्वीटर, भाइबर, हवाट्सएप, म्यासेन्जर, इन्स्टाग्राम, युवट्युव, लिन्क्डईनजस्ता अन्य प्रणालीलाई नियमन गर्ने बताइएको छ ।निर्देशिका अनुसार यस्ता सामाजिक सञ्जाल नेपालमा सञ्चालन हुनका लागि सूचना प्रविधि विभागमा दर्ता हुनुपर्नेछ । निर्देशिका लागु हुने अघिदेखि सञ्चालनमा रहेका सामाजिक सञ्जाल दर्ता गर्न तीन महिनाको अवधि हुने निर्देशिकामा उल्लेख छ ।
त्यसतै नेपालमा दर्ता नभएका सामाजिक सञ्जालको प्रयोगमा भने नेपाल सरकारले रोक लगाउन सक्ने व्यवस्था पनि गरिएको छ । साथै दर्ता भएका सामाजिक सञ्जालको समेत प्रचलित नेपाल कानून तथा निर्देशिका उल्लंघन गरेको खण्डमा दर्ता स्वतः रद्द हुने प्रावधान राखिएको छ ।
साथै नेपालको कानूनअनुसार फौजदारी कसूर हुने मुद्दाको अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकृतलाई ईन्क्रिप्ट गरिएको सूचनालाई डिक्रिप्ट गर्ने, अनुसन्धानको लागि आवश्यक हुने सूचना वा तथ्यांक सुरक्षित राख्ने तथा उक्त सूचना वा तथ्यांक संकलन गर्न मद्दत गर्ने लगायत अन्य आवश्यक सहयोग समाजिक सञ्जालले गर्नुपर्नेछ ।
कानूनको रुपमा लागु हुने यो निर्देशिकामा कुनै दुविधा वा अस्पष्टता भएको खण्डमा त्यसको व्याख्या गर्ने अधिकार समेत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राखिएको बताईएको छ ।