image
image

झापाको भद्रपुरमा स्थापित महाकवि देवकोटाको शालिक तोडफोड

काठमाडौँ, १५, भदौ । झापामा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको शालिक तोडफोड भएको छ । चारआली–केचना सडकखण्डअन्तर्गत भद्रपुर–९ मा रहेको देवकोटाको शालिक सोमबार मध्यरातमा तोडफोड भएको देवकोटा स्मारक तथा संरक्षक समितिका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए । 

देवकोटाको अर्धकदको शालिक भत्काएर दुई टुक्रा बनाइएको उनले बताए । शालिक यसअघि पनि तीनपटकसम्म तोडफोड भएको उनले बताए । सडकबीचमा शालिक भएकाले दुई वर्षअघि नै अन्यन्त्र सार्ने निर्णय भएको तर बजेट अभावमा काम सार्न नसकिएको उनले बताए । 

यो जनस्तरबाट निर्माण भएको शालिक हो । यहाँ पैसा दिने किसानलाई देवकोटा को हुन् भन्नेसम्म थाहा छैन, उनले भने, ‘बीच सडकबाट नजिकै सार्ने निर्णय त गर्‍यौँ । तर, पैसा नभएकाले सार्न सकेको थिएनौँ । गत असारमा शालिकमा ठोकिएर सडक दुर्घटना हुँदा बर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईंका श्रीमान तथा एमाले नेता ज्ञानुराम प्रसाईंको मृत्यु भएको थियो । 

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले महाकवि देवकोटाको शालिक तोडफोडका विषयमा अनुसन्धार भइरहेको बताए । शालिक तोडफोड भएको विषयमा प्रशासन संवेदनशील रहेको उनले बताए । ‘प्रहरीले निर्माण समितिलाई पनि सोधपुछका लागि बोलाएको छ । यो घटनामा हामी संवेदनशील छौँ,उनले भने,‘घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउँछौँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।