image
image

स्वदेशी वस्तुहरुको अनलाइन मेला ‘मेड इन नेपाल’एक महिना चल्ने ।  यसरी हुनुहोस् सहभागी

काठमाडौँ फाल्गुन १ । नेपालमै उत्पादित बस्तु तथा सामग्रीहरुको ब्राण्डलाई प्रवर्द्धन तथा बजारीकरण गर्न एक महिने मेला शुरू भएको छ । आज आर्थात फागुन १ देखि शुरु भएको यो मेला एक महिना सम्म चल्ने बतएका छन् ।

ईकमर्श कम्पनी अर्डर नामले आयोजना गरिएको उक्त मेलामा मेलामा घरेलु उत्पादित सबै किसिमका उपभोग्य वस्तु, कृषिजन्य उत्पादन, महिला उद्यमी तथा स्थानीय उद्योगहरुको उत्पादन, नेपाली हस्तकला तथा नेपाली लत्ताकपडाहरु राखिएको छ ।

त्यस्तै मेलामा स्वेदेशमा उत्पादित वस्तुहरुको मात्र अनलाइन प्रदर्शन गरिने बतएका छन् ।हालसम्म मेलामा ३५ भन्दा धेरै उद्यमी तथा उनीहरुको वस्तु सामग्री जोडिएका छन् । सो मेला हाल अर्डर नाउको वेबसाइट र फेसबुकमार्फत प्रदर्शन भइरहेको छ । वेबसाइटको मेड इन नेपाल कोलमभित्र गएर अनलाइन मेला हेर्न सकिन्छ । 

उक्त मेलामा ५० भन्दा धेरै उद्यमी तथा उनीहरुको उत्पादनलाई जोड्ने मेलाको लक्ष्य रहेको आयोजक संस्था अर्डर नाउले बताएको छ । अहिले पनि थप १५ संस्थाहरुलाई जोड्ने प्रक्रिया अघि बढिरहेको अर्डर नाउका संस्थापक मनोज पन्थीले बताए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।