image
image

धितो राखेको सुन ५ वर्षमा नक्कली, बैंकविरुद्ध उजुरी

काठमाडौँ १४ भदौ । ललितपुर महानगरपालिका–११ चाकुपाट घर भएकी विष्णु महर्जनले ऋण तिरेपछि धितोमा राखेको सुन माग्दा बैंकले नक्कली रहेछ, दिन मिल्दैन’भनेको छ । महर्जनले पाँच वर्ष अघि २०७२ चैतमा आफ्ना ३५ थान सुनका गहना जाँच गरेर नै ऋण लिएकी थिइन् । तर,  ०७८ भदौ ९ मा ऋण चुक्ता गरेपछि आफ्नो सुन माग्दा कुमारीपाटी शाखाका प्रबन्धक सुनिल कुमार नेपालले ‘नक्कली’ भनेर फिर्ता दिन अस्वीकार गरेपछि महर्जनले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुर गरेकी थिइन्  ।

उजुरी गरेपछि प्रहरीले दुवै पक्ष बीच गराएको छलफलमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले ‘सुन फिर्ता गर्छौँ’ भनेर हस्ताक्षर गरेका भएपनि आफूलाई बैंकले अझै सुन नदिएको महर्जनले बताएकी छिन् ।
     
यता जाँचेर राखेको सुन ५ वर्षपछि नक्कली भएको हो र ?’ भन्ने प्रश्नमा देवकोटाले ‘यो बैंक र ऋणीको आन्तरिक कुरा हो,त्यस्तो केही छैन उहाँ (विष्णु महर्जन)ले यसबारे जान्नुभएको छ' भनेका छन् । सीईओ देवकोटाले २०७२ मा धितो स्वीकार गर्दा सुन जाँचेर लिएको स्वीकार गरेका छन् । सुन फिर्ता नगरेकोबारे देवकोटा भन्छन्, ‘त्यहाँ धेरै कुराहरु छन् ।’  
     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।