image
image

इजरायलका लागि रोजगारीको आवेदन फागुन दोस्रो सातादेखि खुल्ने, यस्ता कामका लागि जान पाइने 

काठमाडौँ। वैदेशिक रोजगारीका लागि इजरायल जान चाहने नेपालीका लागि सरकारले फागुन दोस्रो सातादेखि आवेदन खोल्ने तयारी गरेको छ । 

अनलाईन आवेदनका लागि आवश्यक पर्ने सफ्टवेयर बनाउने काम पुरा भएकाले आवेदन खोल्ने तयारी भएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहालले बताए । यसका साथै इजरायलले नेपाली कामदार छिटो लैजान चासो दिएकोले विभागले पनि त्यसैअनुसार काम गरिरहेको उनले बताए ।

रोजगारीको लागि इजरायल जान इच्छुक कामदारले आवेदन खुला भएपछि घरबाटै आवेदन दिन सक्नेछन् ।आवेदन खुलेसंगै पहिलो चरणमा ५०० नेपाली युवा केयरगिभर क्षेत्रमा रोजगारीका लागि इजरायल जानेछन् । ती युवाले इजरायली श्रम कानूनअनुसार मासिक १५ सय डलर तलब पाउने छन् भने रोजगारीको समयावधी ५ वर्षको हुनेछ ।

इजरायली रोजगारमा निजी क्षेत्रलाई सहभागी नगराएकोले दुई देश बीचको (जिटुजी) बाट नेपाली इजरायल जानेछन् । यसअघि भएको छलफलअनुसार पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालीले रोजगारीको अवसर प्राप्त गर्ने बैदेशिक रोजगार विभागको भनाई छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।