image
image

चिकित्सकमाथि दुर्व्यवहार गर्ने दुईजना पक्राउ, अध्यादेशबमोजिम मुद्दा दायर

काठमाडौँ १४ भदौ  । राप्ती प्रादेशिक अस्पताल तुलसीपुका मेडिकल सुपिरिटेन्डेन्ट डा विनोद सिंहमाथि कार्यकक्षमै दुर्व्यवहार गर्ने अनेरास्ववियु दाङका दुई जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

चिकित्सकहरुले आन्दोलन चर्काउँदै गर्दा प्रहरीले घटनाका मुख्य आरोपी दुई जनालाई सोमवार पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । उनीहरुविरुद्ध स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्बन्धी अध्यादेश २०७८ बमोजिम मुद्दा दायर गरिएको कुरुम्वाङले बताए ।

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएपछि बढीमा ५ बर्षसम्म कैद सजाय हुनेगरी सरकारले यो अध्यादेश ल्याएको थियो । यसअनुसार नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेशबमोजिम मुद्दा दायर भएको प्रजिअ कुरुम्वाङले बताए । बाँकी आरोपीलाई खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

दाङ प्रहरी प्रमुख सुरेश काफ्लेले घटनामा संलग्न मुख्य मान्छेहरु केही पक्राउ परिसकेको र केहीको खोजी भइरहेको  बताए । सिसिटिभी फुटेजको आधारमा व्यक्तिहरु पहिचान गरेर नियन्त्रणमा लिइरहेको र छिट्टै सबैलाई पक्राउ गर्न प्रहरी सफल हुने उनको भनाइ छ । अहिलेसम्म ४/५ जनालाई सोधपुछ गरिएको र मुख्य आरोपीमध्येका दुई जनालाई सोमवार नियन्त्रणमा लिइएको उनको भनाइ छ । न्युज कारखाना 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।