image
image

थप २२९५ जनामा कोरोना संक्रमण

काठमाडौँ १४ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा २२९५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १९०२ जना र एन्टिजन परिक्षण गर्दा ३९३ जना गरि जम्मा २२९५ जना नयाँ संक्रमित थपिएका हुन् । 

त्यस्तै, पछिल्लो २४ घण्टामा १८०८ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या १६ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ३० रहेको छ । नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९३.९ प्रतिशत रहेको छ भने संक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ रहेको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।