महानगरपालिका कार्यालय अगाडि फोहोर फालेर प्रदर्शन
काठमाडौँ १४ भदौ । युथ कांग्रेस नेपालले सोमबार सुन्धारास्थित काठमाडौँ महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरेको छ । तीन सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा युथ कांग्रेसका कार्यकर्ताहरुले फोहोर फालेर सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी शहर’ लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइट जाने सडक बिग्रिएको कारण देखाएर काठमाडौँ उपत्यकामा तीन सातादेखि फोहोर संकलन गर्न छाडिएको छ ।