फोहोर संकलन हुन् अझै केहि दिन लाग्ने : प्रमुख शाक्य
काठमाडौँ १४ भदौ । ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइट जाने बिग्रिएको सडक सुचारु गराउन नसक्दा काठमाडौँ उपत्यकाको फोहोर संकलन हुन सकेको छैन । सिसडोल ल्यान्डफिल साइट र निर्माणाधीन दीर्घकालीन ल्यान्डफिल साइट बञ्चरे डाँडाको स्थलगत रिपोर्टिङ गरेर फर्किएका काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले केही दिनको लागि घरबाट फोहोर ननिकालेर सहयोग गरिदिन आग्रह गरेका छन् ।
बिग्रिएको सडक सुचारु गराउन केही समय लाग्ने भएकाले त्यसबेलासम्म घर, व्यवसाय वा कार्यालयमा उत्पादन भएको फोहोर बाहिर ननिकालेर सहयोग गरिदिन प्रमुख शााक्यले महानगरबासीसँग अनुरोध गरेका हुन् । त्यस्तै जैविक फोहोरलाई मल बनाउने विधि अपनाउन सके घरमा पनि दुर्गन्ध र अप्ठ्यारो परेको बेला नकुहिने फोहोर घरको कुनै ठाउँमा थुपारेर राख्न सकिने बताए ।