image
image

धितो राखेको सुन बैंकले बेचेको भन्दै प्रहरीमा उजुरी

काठमाडौँ, १४, भदौ । ललितपुरको कुमारीपाटीमा रहेको महालक्ष्मी विकास बैंकले एक सेवाग्राहीले धितोमा राखेको सुन बेचेको पाइएको छ। बैंकबाट रकम निकाल्न ललितपुरको चाकुपाट बस्ने विष्णु महर्जनले  दुई सय ४८ ग्रामका गरगहना धितो राखी  बैंकबाट १४ लाख रुपैयाँ ऋण लिएकी थिइन् । ऋण चुक्ता गरी धितो फिर्ता लिन जाँदा बैंकले नदिएको उनले प्रहरीमा उजुरी दिएकी छन्। 

सुन गायब भएपछि उनले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएकी छिन्। ललितपुरका एसएसपी किरण बज्राचार्यले बैंकको ठगीबारे अनुसन्धान भइरहेको जानकारी दिइन्। उनले भनिन्, ‘हामीकहाँ बैंकले धितो राखेको सुन बेच्यो भनेर उजुरी परेको छ, त्यसबारेमा अनुसन्धान भइरहेको छ। प्रहरीले महालक्ष्मी विकास बैंकका कर्मचारी र पीडित दुवै पक्षलाई परिसरमा बोलाएर अनुसन्धान थालेको छ।  

यसअघि पनि महालक्ष्मी बैंककै कर्मचारीको मिलेमतोमा सात करोड ४८ लाख रुपैयाँ घोटाला भएको भन्दै प्रहरीमा मुद्दा परेको थियो। प्रहरीले बैंकिङ कसुर मुद्दामा बैंकका कर्मचारीसहित २५ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।