image
image

पुर्ण खोप लगाएका मध्ये ९० प्रतिशतमा ‘एन्टिबडी’ विकसित भएको मन्त्रालयको दाबी

काठमाडौं, १४ भदौ । कोरोना भाइरसविरुद्ध पुर्ण खोप लगाएका मानिसहरुमा एन्टिबडी विकसित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशका विभिन्न स्थानबाट १३ हजार १ सय ६१ जनाको नमुना परीक्षण गर्दा एन्टिबडी विकसित भएको पाइएको मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गरेर जानकारी दिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण विरुद्धको खोपको एउटा डोज लगाएका व्यक्तिमा भन्दा पुर्ण खोप लगाएका व्यक्तिमा एन्टिबडी राम्रोसँग विकसित भएको पाइएको मन्त्रालयले जनाएको छ ।

देशभर ६८ दशमलव ६ प्रतिशत नमुनामा कोभिड–१९ एन्टिबडी देखिएको छ । सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, शहरका सबै लिंग, उमेर, पेशा तथा सबै समुहमा लगभग समान रुपमा नै एन्टिबडी देखिएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्ती उल्लेख गरिएको छ ।

एक मात्रा खोप लगाएका व्यक्तिहरु ८० प्रतिशतमा र पुर्ण खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको भन्दै मन्त्रालयले पछिल्लो समयमा लगाईराखेका खोपहरु अत्यन्त प्रभावकारी रहेको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।