image
image

उद्योग परिसंघ अध्यक्षलाई नाडाको बधाई

काठमाडौँ, १४, भदौ । नाडाले नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवाललाई बधाई दिएको छ । परिसंघ सचिवालयमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको टोलीले अग्रवाललाई कार्यकालको सफलताको शुभकामना दिदै द्धिपक्षिय सम्बन्ध विस्तारका विषयमा कुराकानी गरेको छ ।

अध्यक्ष दुलालले दुई संस्थाहरु विचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने, नेपालको नजीक्षेत्रको सवालमा एकताबद्ध भएर अघि बढ्ने र अन्य सम्भाव्यक्षेत्रहरुमा समेत सहकार्य गरेर अघि बढनुपर्ने बताए । उनले नाडाले ७ वटै प्रदेशमा प्रदेशस्तरीय एशोसिएशनहरु स्थापना भइसकेको र नेपालमा अटोमोवाइल उद्योगहरु समेत खोल्न शुरुवात समेत भइसकेको बताए ।

परिसंघका अध्यक्ष अग्रवालले नेपालमा अटोमोवाइल व्यवसायले ठूलो क्षेत्र ओगटेको बताए ।

उनले परिसंघले नेपालमा उद्योग व्यवसायको विस्तारका लागि पहल गरिरहेको र यसबाट पुँजी निर्माणमा ठूलो सहयोग पुग्ने भन्दै उद्योग स्थापनाका लागि सरकारकातर्फबाट गरिनु पर्ने सहयोगका विषयमा धारणा राखेको नाडाले जनाएको छ ।

नाडाका उपाध्यक्ष करण चौधरीले नाडामा धेरै रुपान्तरण भइसकेको र त्यही अनुसार सदस्य संख्यामा पनि उल्लेख्य रुपमा बृद्धि भएको भन्दै निजी क्षेत्रको सवालमा नेपाल उद्योग परिसंघसँग सहकार्य गरेर अघि बढन चाहेको बताए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।