image
image

महाकविको घरको भग्नावशेष नहटाउन सर्वोच्चको आदेश

काठमाडौँ  १३ जेठ । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरको भग्नावशेष नहटाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले यस्तो आदेश दिएको हो ।  अधिवक्ता सञ्जय अधिकारीले देवकोटाको पुरातात्विक महत्त्वको घर भत्काउन रोक लगाउन माग गर्दै दिएका थिए । 


सर्वोच्चले थप निर्माण कार्य नगर्न समेत अन्तरिम आदेश समेत दिएको छ । यसअघि पहिलो सुनुवाइमा साउन २७ गते न्यायाधीश तेजबहादुर केसीको इजलासले सुनुवाई गर्दै प्रज्ञा प्रतिष्ठानलाई देवकोटाको घर भत्काउनुको कारण मागेको थियो ।

उक्त आदेशमा सरकारी पक्षको दाबीसमेत सुनेर अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्ने भनिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।