image
image

 कतारमा गाँजा पठाउने समूह पक्राउ

काठमाडौँ  १३ भदौ । नेपालबाट कतारमा गाँजा पठाउने समूहलाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन खैरहनी नगरपालिका–१० घर भएका बुद्धिराज पाठक, विष्णु श्रेष्ठ र मोरङ सुन्दरहरैचा नगरपालिका–६ घर भएका कुमार श्रेष्ठ छन् ।



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार जान लागेका बुद्धिराजलाई ब्यूरोले भदौ ८ मा पक्राउ गरेको थियो । ‘ग्यास्ट्रिक हरण चुर्ण’को बट्टाभित्र ८ सय ग्राम गाँजा लुकाएर पाठक कतार हिँडेका थिए । तर, ब्यूरोले उनलाई पक्रेसँगै नेपालबाट गाँजा तस्करी गर्ने समूहबारे थाहा भएको छ ।


पाठकलाई उनकै ज्वाई नाता पर्ने चितवनका विष्णु श्रेष्ठले गाँजा दिएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता (एसपी) जिवन श्रेष्ठले रातोपाटीलाई बताए । विष्णुलाई मोरङका ३८ वर्षीय कुमार श्रेष्ठले गाँजा दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।


कुमारले १७ हजारमा किनेको गाँजा उनीहरुले ८ लाखमा बेच्नेगरी कतार लैजान लागेको प्रहरीलाई बताएका छन् । बुद्धिराज बिदामा नेपाल आएका थिए । बिदा सकेर फर्कंदा उनि गाँजा बोकेर जाँदै थिए ।


भदौ १० मा मोरङको बेलबारीबाट पक्राउ गरिएका कुमार पनि विदेश बसेर फर्किएका हुन् । उनले यसअघि १ केजी गाँजा कतारमा लगेर १० लाखमा बेचेको प्रहरीसँग स्विकारेका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।