रात्रिकालीन व्यवसायीले सिडिओलाई बुझाए चाबी
काठमाडौँ १३ भदौ । दोहोरी साँझ र रात्रीकालीन व्यवसाय सञ्चालनमा सरकारले कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरुले काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई चाबी बुझाएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर उनीहरुले प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई चाबी बुझाएका हुन् ।
विभिन्न चरणमा नेपाल सरकार गृह मन्त्रालय, पर्यटन बोर्ड, सि.सि.एम.सि. लगायत यही जिल्ला प्रशासन कार्यालय काठमाडौंमा यसअघि नै ज्ञापन पत्रसमेत बुझाएको उनीहरूले स्मरण गरेका छन्।

विभिन्न चरणमा नेपाल सरकार गृह मन्त्रालय, पर्यटन बोर्ड, सि.सि.एम.सि. लगायत यही जिल्ला प्रशासन कार्यालय काठमाडौंमा यसअघि नै ज्ञापन पत्रसमेत बुझाएको उनीहरूले स्मरण गरेका छन्।










