image
image

लगातारको झरीले आन्तरिक उडान प्रभावित  

काठमाडौँ, १३, भदौ । देशका धेरैजसो ठाउँमा परिरहेको झरीले आन्तरिक उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थलका अनुसार काठमाण्डौबाट हुने कुनै पनि उडान समयमा भएका छैनन् । भरतपुर, भैरहवा, नेपालगञ्ज लगायतका ठाउँमा हुने उडानमा ढिलाइ भएको छ ।

भरतपुरमा बिहान रोकिएको उडान अहिले ढिला गरी सुरु भएको छ । तर  काठमाण्डौबाट पोखराको लागि हुने एउटा पनि उडान हुन सकेको छैन । विमानस्थल कार्यालयका अनुसार बिहान पोखराका लागि तय भएका उडान एअरलाइन्स कम्पनीले रद्द गरेका छन् ।

मौसममा सुधार भएमा पोखराको लागि बेलुकाका उडान भने सञ्चालन हुन सक्ने कार्यालयले जनाएको छ । खराब मौसमका कारण हिजो र अस्ति पनि आन्तरिक उडान प्रभावित भएको थियो । आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने समयमै भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।