२१ वर्ष लामो अमेरिका बसाइ टुंग्याएर गाउँमै खेतीपाती
काठमाडौं, १३, भदौ । २१ वर्ष लामो अमेरिका बसाइ टुंग्याएर नेपाल आएका उनले जन्मभूमि रुपा गाउँपालिकामा कृषि व्यवसाय सुरु गरेका छन् । उनको राष्ट्रिय नमूना कृषि फार्ममा विभिन्न फलफूल खेती गरिएको छ । कामको सिलसिलामा सन् २००० मा अमेरिका पुगेका उनले त्यहाँ कानून व्यवसायीको रुपमा लामो काम गरे । स–परिवार अमेरिकामा बसोबास गर्दै आएका उनी अब नेपालमा केही गर्नु पर्छ भन्ने मनोभावले स्थायी रुपमा नै नेपाल फर्किएर कृषि व्यवसायमा लागेका हुन् ।
‘पहिले म बिदामा नेपाल आउथेँ, अब म बिदामा अमेरिका जान्छु तर जे गर्छु मेरो देश नेपाल मै बसेर कृषि कर्ममा रमाउँछु’ उनले भने । गत वर्ष कोरोना भाइरस संक्रमण महामारी सुरु हुनुअघि नेपाल आएका पराजुलीले कृषि फार्म सञ्चालनको बन्दोबस्त मिलाएर अमेरिका फर्किए ।
तर कोरोनाको प्रकोप फैलियो । त्यसपछि उनी तत्काल नेपाल आएर काम सुरु गर्न सकेनन् । कोरोना महामारी घटेपछि केही महिनाअघि नेपाल आएका पराजुलीले फार्ममा ताइवानी जातको मेवा, गोल्डेन लेमन, एभोकाडो, ड्रागन फ्रुटलगायतका फलफुलको बिरुवा समेत रोपिसकेका छन् ।
‘हाम्रो योजना भनेको सघन कृषि फार्म सञ्चालन गर्ने हो, तर कृषि गर्न चाहन्छौँ भन्नेहरुका लागि सहयोग गर्न पनि तयार छौं’ उनले भने, ‘यसका लागि हामी दक्ष प्रशिक्षक ल्याएर तालिम पनि दिनेछौं ।’पराजुलीले ब्लू बेरीको समेत उत्पादन गर्ने तयारी रहेको सुनाए । यसका लागि अध्ययन भइरहेको उनको भनाइ छ । नेपालमै केही गर्नुपर्छ भन्ने भावनाले आफूले कृषि फार्म सञ्चालन गर्न लागेको उनको भनाई ।
कृषिलाई आधुनिकीकरण गर्न र व्यवसायिक बनाउन सरकारले धेरै योजना र कार्यक्रम ल्याएको छ । पछिल्ला वर्षमा बैंकहरुले पनि कृषिमा लगानी गर्नुपर्ने नियमहरु बनेका छन् । तर कृषि व्यवसाय अहिले पनि सहज छैन ।
समयमा बिक्री नहुँदा किसानको उत्पादन बारीमै कुहिने गरेको छ । पराजुली यो समस्या समाधानका लागि ठूलो भण्डारस्थल र बजारीकरणमा पनि काम गर्न आवश्यक रहेको बताउँछन् ।