image
image

नेपाल र श्रीलंकाबीच सीधा हवाई उडान शुरू हुने

 काठमाडौँ, १३, भदौ ।   नेपाल र श्रीलंकाबीच सीधा हवाई उडान शुरू हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं-कोलम्बो उडान शुरू हुने जानकारी दिएका छन् । 

हप्तामा दुईपटक काठमाडौंबाट कोलोम्बो उडान भर्ने गरी श्रीलंकाको राष्ट्रिय एयरले प्राधिकरणबाट अनुमति लिएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार सो जहाजले आगामी सेप्टेम्बरसम्मका लागि अनुमति लिएको हो । कोरोना महामारीअघिसम्म श्रीलंकाबाट नेपाल घुम्न आउने पर्यटकको संख्या उच्च रहँदै आएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।