image
image

काठमाडौंका १५ ठाउँमा ‘वाटर एटीएम’ राखिँदै

काठमाडौँ १ फागुन । काठमाडौं महानगरपालिका र खानेपानी मन्त्रालय अन्तर्गतको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले काठमाडौँ नगरपालिकाका ३ स्थानमा वाटर एटिएम सेवा शुरु गरेको थियो  । बिहिबारदेखि काठमाडौंको शंखधर पार्क, बालाजु र स्वयम्भुमा वाटर एटिएम सेवा शुरु भएको हो ।काठमाण्डौ उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीव बिक्रम रानाले ३ हप्ताभित्र विभिन्न १५ वटा स्थानमा यस्ता एटीएम जडान गरिने जानकारी दिए ।  

आम मानिसलाई काठमाडौं महानगर क्षेत्रभित्रका केही सार्वजनिक स्थानहरुमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा प्रदान गर्नका लागि वाटर एटीएम जडान गरिएको बताएका छन् । त्यस्तै एक हप्तामा कलंकी, मालपोत, बानेश्वर, बंगलामुखी मन्दिर, कसुन्ती यातायात कार्यालय र शंखपार्क धुम्बराही लगाएत काठमाडौँ भक्तपुर र लातितापुरका विभिन्न ठाउँ रहने पनि जानकारी दिए ।    

वाटर एटिएम मार्फत् गिलाससहित २ रुपैयाँमा २०० मिलिलिटर गिलासबाहेक १ रुपैयाँमा २०० मिलिलिटर र ५ रुपैयाँमा १ लिटरको बोतलमा १ बोतल शुद्ध पिउने पानी प्राप्त गर्न सकिने छ । यो वाटर एटीएमलाई ३ महिना सम्म सप्लार्यसले नै सञ्चालन गर्ने र ३ महिना बोर्डलाई हस्तान्तरण गरिने छ । यस एटीएमबाट जाडोमा तातो र गर्मीमा चिसो पानी उपलब्ध गराउने प्रणाली जडान गरिएको छ ।  एटीएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाँका सिक्का प्रयोग गर्नुपर्ने छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।