मकै जोगाउन रात भरि जाग्राम
काठमाडौँ, १३, भदौ । डोटी जिल्लामा जङ्गली जनावरले मकै खाएर नोक्सान गर्न थालेपछि किसान चिन्तित बन्न थालेका छन् । थन्क्याउने बेला भएको मकैबाली दिउँसो बाँद तथा रातिका समयमा स्याल, बँदेल र दुम्सीले खाएपछि उनीह समस्यामा परेका छन् ।
याहाँका जोरायल, मन्नकापडी, बर्छैन, गड्सेरा, आर्शद, सायल, मौवा, कपल्लेकी, मुडभारा, फन्नी, मजलकटिया, तलिगाउँ, दल्ल, धामीगाउँलगायतका क्षेत्रमा जनावले बालीनाली खाएर नोक्सान गर्न थालेको किसान बताउँछन् ।
बाँदर धपाए पनी राति आउने स्याल, बँदेल र दुक्सीले गर्दा किसानले राति जाग्राम बस्नपरेको केआइसिह –५ तलिगाउँका स्थानियवासी चेतराज भट्टले बताए । उनले भने दिँउसो सबै मिलेर बाँदर त धपाउने गरेका छौँ, रागि आउने जङ्ली जनावरले बाली खाएर निकै दुख दिएको छ , हामी त निकै हैरानी भइसक्यो ।
याहाँका खप्तड राष्ट्रिय निकुञ्ज तथा महाभारतको लेक भनेर चिनेर तेलेलेकबाट आउने बँदेलको झुण्डले अन्नबालीमा सबैभन्दा बढी नोक्सान गर्ने गरेको जोरायल गाउँपलिका–५ का भरत सार्कीले बताए । उनले भने, राति बँदेल हुलकाहुल बनाएर आउँछन्, धपाउँदा पनि भग्दैनन सबै बाली खाएर नोक्सान गर्ने गरेका छन् ।
डिभिजन वन कार्यालयले जङ्ली जनावरले मान्छेलाई हानी–नोक्सानी तथा ज्यान लिएमा क्षतिपूर्ति दिने व्यवस्था भए पनि बालीनाली नोक्सानी गरेमा क्षतिपूर्ति दिने व्यवस्था नभएको जनाएको छ ।