image
image

विपद् प्रतिकार्यको आवश्क सामग्री हस्तान्तरण 

काठमाडौँ, १२, भदौ । रसुवा जिल्लामा विपद् प्रतिकार्यका आवश्यक सामग्री हस्तान्तण भएको छ । लाइफ ज्याकेट, भर्याङ, मेलमेट, औजारलगायत २९ प्रकारका सामग्री नेपाल रेडक्रस रसुवा जिल्ला शाखाले जिल्ला विपद् व्यावस्थापन समितिलाई प्रदान गरेको हो ।

रेडक्रसका सभापति बाबुलाल तामाङले जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकाललाई ती सामग्री हस्तान्तरण गरेका हुन् । रेडक्रसबाट प्राप्त सामग्री रु दुई लाख मूल्य बराबरको भएको रेडक्रसले जनाएको छ ।

‘जहाँ दुःख त्यहाँ रेडक्रस’ भन्ने पवित्र नारा बोकेको रेडक्रस संस्थाले बाढी, पहिरो र आगलागी घटनाबाट पीडित परिवारलाई संस्थाका तर्फबाट स्थलगतरूपमा राहत सामग्री वितरण गर्दै आएको स्थानीय बासिन्दाले बताएका छन् ।

यस्तै गत साउन २९ गते स्याफ्रुबेँसीमा गएको पहिराका कारण विस्थापित २६ घरपरिवारलाई सोही दिन रेडक्रसका तर्फबाट राहत उपलब्ध भएकाले उक्त संस्थाप्रति आम नागरिकको अवस्था बढ्दै गएको स्याफ्रुबेँसीका बासिन्दाले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।