image
image

आज घट्यो संक्रमित संख्या, यस्तो छ पछिल्लो विवरण 

काठमाडौँ ११ भदौ  ।नेपलम  पछिल्लो २४ घण्टामा २०६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २३३७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन विधिगरी कुल १३ हजार ११७ जनामा परीक्षण भएको थियो । 


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितले ज्यान समेत गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार ६६३ पुगेको छ । 


यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या ८ लाख ३८ हजार ९४८ पुगेको छ भने त्यसमध्ये ७ लाख ८ हजार २३० जना निको भएका छन् । हाल देशभर ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेका छन् । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।