image
image

महिला सशक्तीकरणतर्फ जोड दिनुपर्छः मन्त्री थापा

काठमाडौँ  ११ भदौ । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रशासनिक, राजनीतिक र सामाजिक क्षेत्रमा महिलाको भूमिका महत्वपूर्ण बन्दै गएको बताएका छन् ।


‘जेसिज सप्ताह २०२१’ समापन समारोहमा आज उनले सामाजिक सेवामा समर्पित लेडी जेसिजले महिला वर्गको नेतृत्व विकाससँगै सशक्तीकरणतर्फ लक्षित हुनुपर्ने बताए । सामाजिक सेवा एवं विकास निर्माणमा लेडिज जेसिजलगायतका विभिन्न सङ्घसंस्थासँग हातेमालो गरेर अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै उनले महिला समाजमा देखिएका विकृति–विसङ्गतिविरुद्धमा सशक्तरुपमा आवाज उठाउनुपर्ने आवश्यकता औँल्याए ।

जेसिज सप्ताहअन्तर्गत प्रभावकारी भाषण कला तालिम, विद्यालयस्तरीय वक्तृत्वकला, अस्पतालका बिरामी कुरुवालाई कुर्ची तथा अन्य सामग्री वितरण, सकारात्मक सोच एवं जीवन परिवर्तन तालिम, मठमन्दिरमा आवश्यक सामग्री वितरणलगायत कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम संयोजक लक्ष्मी कुँवर (लता) ले जानकारी दिए ।

महिलाको व्यक्तित्व एवं नेतृत्व विकासमा अग्रसर बनाउने लक्ष्यका साथ २०४६ साल असार ५ गते जेसीआई पोखरा लेडीको स्थापना गरिएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।