image
image

कक्षा ११ र १२ पढ्नको लागि सानिमा बैंकले फेरी छात्रवृत्ति दिने

काठमाडौं, ११, भदौ । कक्षा ११ र १२ अध्ययनको लागि फेरी सानिमा बैंकले छात्रवृति खुला गर्ने भएको छ । उक्त छात्रवृतिमा भदौ २१ गतेसम्म आवेदन दिन सकिने बैंकले व्यवस्था गरेको छ ।  बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि गरिब तथा विपन्न वर्गका २–२ जना विद्यार्थीलाई उनीहरुकै रोजाईको कलेज र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

बैंकले २०१२ देखि गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई छात्रवृति दिँदै आएको जानकारी दिएको छ । छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी सानिमा बैंकको वेबसाइटमा उपलब्ध छ ।

यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका साथै अतिरिक्त मासिक २ हजार नगदसहित दुई वर्षका लागि छात्रवृत्ति प्रदान गर्दै आएको बैंकले जनाएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।