image
image

पहिरोले दाङ-रोल्पा सडकखण्ड अवरूद्ध 

काठमाडौँ, ११, भदौ । अविरल वर्षापछि झरेको पहिरोका कारण दाङ-रोल्पा सडकखण्ड अवरूद्ध भएको छ। दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सहिद मार्ग शुक्रबार बिहानैदेखि अवरूद्ध छ। 

जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले पहिरो पन्छाएर सडकखण्ड खुलाउने प्रयास जारी रहेको बताए। सडकखण्डको ठाउँ-ठाउँमा पहिरो झरेको प्रहरीले जनाएको छ। 

त्यस्तै, तुलसीपुर-सल्यान सडकखण्डमा भने सवारीसाधन सञ्चालनमा आएका छन्।अविरल वर्षापछि ठाउँ(ठाउँमा झरेको पहिरोका कारण सडकखण्ड बिहानैदेखि अवरूद्ध थियो।

केहीबेरअघि पहिरो पन्छाएपछि सवारीसाधन सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।