image
image

गैंडाकोटमा डाइभर्सन बग्दा महेन्द्र राजमार्ग अवरुद्ध

काठमाडौँ, ११, भदौ । बाढीले महेन्द्र राजमार्गअन्तर्गत गैंडाकोटको थुम्सी जंगलमा बनाइएको डाइभर्सन बगाउँदा बिहीबार रातिदेखि यातायात अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार थुम्सीको २३ स्मृति पुलको डाइभर्सन बिहीबार राति ८ बजे बगाएको हो । सडक थुनिएपछि पूर्व–पश्चिमतर्फ लागेका सयौं गाडी कावासोती, गैंडाकोट र चितवनमा रोकिएका छन् । लगातारको झरीका कारण आएको बाढीले डाइभर्सन बगाएको हो ।

प्रहरीले भत्किएको डाइभर्सन शुक्रबार साँझसम्म निर्माण हुन सक्ने जनाएको छ । महेन्द्र राजमार्ग फराकिलो पार्ने क्रममा थुम्सीको डाइभर्सन बनाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।