image
image

टुहुरेको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, १०, भदौ। प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकार एवं जनगायक जुठबहादुर खड्की (जेबी टुहुरे) को निधनप्रति दुःख व्यक्त गरेका छन् ।सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री देउवाले टुहुरेको निधनबाट स्तब्ध भएको बताएका छन् ।

‘कलाकार जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनको खवरले निकै स्तव्ध भएको छ ।प्रधानमन्त्री देउवाले भनेका छन् ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

बयोधा अस्पतालमा स्ट्रोक रोगका कारण उपचाररत टुहुरेको ७८ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।करिब तीन हप्ता पहिले स्ट्रोकले घरमै लडेपछि उनलाई उपचारका लागि बल्खु स्थित बयोधा अस्पतालमा भर्ना गरिएको थियो ।

डेढ सयभन्दा बढी गीत गाएका टुहुरेका सबैभन्दा चर्चित गीत – ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर, ‘बसाइँ हिँड्नको ताँतीले बस्नेको मन रुँद छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ, ‘छोराहरु हो, छोरीहरु हो बीर छोरा छोरी हो, ‘दुःखको बोझलाई बिसाउन चौतारी बनाउँ है जस्ता गीतहरु लोकप्रिय छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।