image
image

आकाशे पानीले धानखेतीलाई राहत 

काठमाडौँ, १०, भदौ । यही भदौको सुरुआतदेखि परेको वर्षत्ले धानखेतीलाई रहत मिलेको छ । आकाशे पानीको भर परेका किसान सिमसिम पानी परेपछि खुशी भएका छन् । भदौ लागेयताको समयमा पानी परेको छ । धानका बोट लहलहाएका छन् । भङ्गाहा नगरपालिका–५ कर्पुरगञ्जका किसान रामजुलुम सरदाले भने सन्तुलित बर्खाको पानी त आकाशे पानीका भरको धानखेतीलाई अमृत जस्तै भएको छ । 

जिल्लामा कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र स्थायी सिँचाइको प्रबन्ध छ । पछिल्ला केही वषर््ायता वैकल्पि िसिँचाइको सुविधा बढ्दै गए पनि यो प्रबन्धमा अनुकूल वर्ष नहुँदा पानीका मुहान सुक्ने गर्छन् । यो सुविधाको निरन्तरताका लागि अनुकूल वषा आवश्यक पर्ने कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरका कृषिविज्ञ बताउछन् । 

जिल्लामा करिब ५० हजार हेक्टरको हाराहारीमा धानखेती हुँदै आएको केन्द्रकोे तथ्याङ्कले देखाउँछ । यसपालि गत असार मध्ययता भएको अतिवृष्टिले  जिल्लामा ४० हजार हेक्टरमा धानखेती गरिएको छ ।  

असार र साउनको बर्खे भेलले रोपिएकै धानको रोपो पनि बगाउँदा चिन्तित बनेका किसान अब भने अनुकूल वर्षा भएको हुँदा भएको खेतीबाट राम्रो उत्पादन हुने आशमा छन् ।
पछिल्लो वर्षाले धानखेतीलाई राहत भए पनि जिल्लामा यसपालि नगदे तरकारी खेती भने निकै घट्ने भएको छ । तरकारी खेतीलाई खेतबारी रुखिनुपर्ने र लगातार गोडमेल गर्नपर्ने भएको हुँदा यसपालि असार, साउनमा धेरै पानी परेर खेतीको अनुकूलता नभएको तरकारी किसानको भनाइ छ । नगदे खेतीमै उखुखेती भने फस्टाएको गौशाला नगरपालिका–१२ का दोरिक महतो बताउछन् ।

बर्खाले जिल्लाका सडक भने हिलाम्य भएका छन् । गाउँबस्तीका कच्ची सडक मात्र नभएर मुख्य सडक नै आहालमा परिणत भएका छन् । जिल्लाको उत्तर–दक्षिण जोड्ने बर्दिवास–रामगोपालपुर–जलेश्वर सडक नियमित मर्मतसम्भार नहुँदा ठाउँठाउँमै ठूलठूला खाल्डा बनेर यातायात साधन चलाउन जोखिमयुक्त बनेको छ ।

यसबाहेक महेन्द्रनगर–सीतापुर–औरही–गौशाला सडक पनि बर्खे भेलले कटान र डुबान गराउँदा खाल्डैखाल्डो बनेको छ । सडकसम्बद्ध कार्यालय र स्थानीय तहले सडक मर्मतसम्भार र ढल व्यवस्थापनको काम हिउँदमा नियमित गर्न नसक्दा यो बिजोग खेप्नुपरेको जिल्लाका सर्वसाधारण बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।