image
image

ह्वातै बढ्यो अण्डाको मूल्य, होलसेलमै प्रतिक्यारेट ४२० रुपैयाँ

काठमाडौँ १० भदौ । नेपाली बजारमा अण्डाको मूल्यमा उच्च वृद्धि भएको छ । अण्डाको बजार मूल्य होलसेल मै प्रतिक्यारेट ४२० रुपैयाँसम्म पुगेको हो । यसअघि,अण्डाको मूल्य प्रतिक्यारेट ३७० रुपैयाँसम्म पर्थ्यो ।



नेपाल अण्डा उत्पादक संघका अनुसार बजारमा ठूला र साना गरी दुई प्रकारका अण्डा उपलब्ध हुन्छ । जसमा ठूला अण्डाको मूल्य प्रतिक्यारेट ४२० पुगेको र मध्यम (साना) खालका अण्डाको मूल्य प्रतिक्यारेट ३८० रुपैयाँ पुगेको छ । जुन,होलसेलमा पुग्दा प्रतिक्यारेट ३९० हुन आउने संघको भनाई छ ।


त्यस्तै बजारमा उत्पादन र मागको सन्तुलन नमिल्दा मूल्य बढेको धेरैको भनाई छ । साथै अण्डाको मूल्य बढ्नुमा प्यारेन्ट चल्लाको अभावका कारण उत्पादन घट्नु मात्रै नभई कच्चा पदार्थको मूल्यवृद्धि पनि हो । पछिल्लो समय कच्चा पदार्थको मूल्य निरन्तर बढिरहेको छ ।कुखुराको दानाको कच्चा पदार्थकोरुपमा प्रयोग हुने मकै,भटमास,सूर्यमुखी र धानको ढुटोको मूल्य बढेको उत्पादक संघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।