image
image

फेरि बढ्न थाले भारतमा कोरोना संक्रमित

काठमाडौँ, १०, भदौ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । यसअघि गत सोमबार दैनिक सङ्क्रमितको सङ्ख्या १६० दिन पछिकै सबैभन्दा कम भएकोमा अहिले फेरि बढेको हो । सरकारी अधिकारीले गत सोमबार पछिल्लो एक दिनमा भारतमा २५ हजार ७२ जना नयाँ सङ्क्रमित भएका थिए । तर बिहीबार सार्वजनिक गरिएको विवरणमा भने ४६ हजार १६४ नयाँ सङ्क्रमित थपिएको उल्लेख छ । 

मृतकको सङ्ख्या पनि अहिले बढेको छ । पछिल्लो एक दिनमा ६०७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीले जनाएका छन् । गत सोमबार ३८९ जनाको मृत्यु भएको थियो । महामारीबाट पछिल्लो समय सबैभन्दा बढी केरला राज्य बढी प्रभावित भएको छ । केरलामा मात्रै ३१ हजार ४४५ जना नयाँ सङ्क्रमित थपिएका छन् । त्यसैगरी केरलामा पछिल्लो एक दिनमा २१५ जनाको मृत्यु भएको छ ।

केरलामा अहिले एक लाख ७० हजार २९२ सक्रिय सङ्क्रमित रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड २५ लाख ५८ हजार ५३० जना रहेका छन् । तीमध्ये तीन लाख ३३ हजार ७२५ सक्रिय सङ्क्रमित रहेका छन् । 

भारतमा अहिलेसम्म तीन करोड १७ लाख ८८ हजार ४४० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ३४ हजार १५९ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।