image
image

सुरक्षा चुनौती बढेको भन्दै काबुल विमानस्थलबाट टाढा रहन अमेरिका र बेलायतको आग्रह

काठमाडौँ  १० भदौ ।  अमेरिका र बेलायतले अफगानिस्तानमा सुरक्षा जोखिम बढेको भन्दै आफ्ना नागरिकलाई काबुल विमानस्थलबाट टाढा रहन आग्रह गरेका छन् । हजारौँ मानिसहरु अझै पनि विमानस्थलको बाहिर र भित्र अफगानिस्तान छोड्न चाँहेर विमान पर्खिएर बसिरहेका बेला दुवै देशले बुधबार अबेर सुरक्षा चुनौति सम्बन्धी सूचना प्रकाशित गरेका हुन् ।


अगस्ट १५ मा अफगानिस्तान तालिबानको कब्जामा गएयता काबुलबाट ८२ हजार भन्दाबढी मानिसको उद्धार गरिइसकेको छ । अमेरिकाको विदेश मन्त्रालयले बुधबार जारी गरेको सूचनामा काबुल विमानस्थलको एबी गेट, इस्ट गेट र नर्थ गेटमा पर्खिरहेकाहरुलाई तत्काल त्यहाँबाट अन्यत्र जान भनिएको थियो ।

त्यसअघि बेलायतले सोही प्रकृतिको सूचना जारी गरेको थियो । बेलायतले सुरक्षित स्थानमा भएर अर्को सूचना पर्खिन भनेको हो । अमेरिका र बेलायतले सुरक्षा चुनौतिबारे कुनै थप जानकारी भने दिएका छैनन् ।
पछिल्लो २४ घण्टामा अमेरिकाले व्यवस्थापन गरेका विमानमार्फत १९ हजार मानिसको उद्धार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।