image
image

नेपालमा पछिल्लो समय पूर्ण स्तनपान गराउने आमाको संख्या घट्दै

काठमाडौँ, १०, भदौ ।नेपालमा पछिल्लो समय स्तनपान गराउनेको संख्यामा कम हुँदै आएको छ । महिलाको साक्षरता दर बढ्दै गए पनि स्तनपान गराउनेको सङ्ख्या घट्दै गएको हो । बालबालिकाको शारीरिक तथा मानसिक विकास र तन्द्रुस्त हुनका लागि अनिवार्य रूपमा निश्चित समयसम्म लगातार स्तनपान गराउनुपर्ने पोषणविद्हरूको भनाइ छ ।

तर अहिलेको समयमा आमाहरुले बच्चालाई स्तनपानको साटो बट्टावाला दूधमा जोड दिन थालेको छन् । नेपालमा साक्षरता दर बढ्दै गए पनि स्तनपान गराउने आमाको सङ्ख्या क्रमशः घट्दै गएको परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखा प्रमुख केदारराज पराजुली बताउँछन् ।

करिब २० वर्षअगाडि नेपालमा ८८ प्रतिशत आमाहरुले आफ्ना सन्तानलाई अनिवार्य स्तनपान गराएको पाइएको थियो भने अहिले त्यो सङ्ख्या घटेर ४२ प्रतिशतमा झरेको छ । सन् २०१६ मा शिशु जन्मने बित्तिकै ६६ प्रतिशतले स्तनपान गराउँथे भने हाल यो सङ्ख्यामा तीव्र रूपमा कमी आउन थालेको छ ।

सुत्केरी आमाबाट आउने बिगौते दूध बच्चाका लागि स्वस्थ्य रपहिलो महत्त्वपूर्ण खोप भएको पोषण शाखाका प्रमुख पराजुली बताउँछन् । तर, नेपालमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको सङ्ख्या घट्दै जानु राम्रो सङ्केत नभएको उनले सुनाए ।

पहिलो प्राकृतिक खोप अर्थात् बिगौते दूध बच्चा जन्मेको १ घण्टाभित्र खुवाउनुपर्छ । तर आमाको बिगौते दूध खुवाउनुको साटो आजभोलि बट्टाको दूधलाई प्राथमिकता दिएको पाइन्छ ।

बजारमा आमाको दूधलाई प्रतिस्थापन गर्ने बस्तु विक्री वितरण हुनु, स्तनपानको महत्त्व राम्रोसँग बुझ्न र बुझाउन नसक्दा बालबालिकाको स्वास्थ्यमाथि अञ्जानमा खेलवाड भइरहेको पोषण विभागका प्रमुख पराजुली बताउँछन् ।

स्वास्थ्य संस्थाबाट सुत्केरी र नवजात शिशु घरमा फर्कँदा बजारमा पाइने विभिन्न कम्पनीका बट्टाका दूध पनि सँगै पुग्छ । स्तनपानको महत्त्वबारे राज्यले बुझाउन नसक्दा बच्चाहरू बट्टाको दूध खान बाध्य भएको उनको भनाइ छ ।

जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान २०१६ मा ६६ प्रतिशतले गराएको पाइएको थियो भने पूर्ण स्तनपान गराउनेको सङ्ख्या घटेर ६२ पुगेको पोषण शाखाका प्रमुख पराजुलीले बताए ।

उनका अनुसार बच्चा जन्मेको ६ महिनासम्म पानी पनि नखुवाई आमाको दूधमात्रै खुवाउनुपर्छ । तर आमाको दूधको सट्टामा विशेष गरी सहरी क्षेत्रमा बट्टाको दूधलाई प्राथमिकता दिने गरेको पाइन्छ । बच्चालाई बट्टाको दूध नियमित रूपमा खुवाउनु मन्द विषसरह हुने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।