image
image

ट्राफिक कारवाहीबाट राजस्व १ करोडले बढ्यो

काठमाडौँ ९ भदौ  । मोरङमा कोरोना संक्रमणको समयमा पनि ट्राफिक नियम उल्लंघन गर्नेहरुको संख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार ट्राफिक कारवाहीबाट प्राप्त राजस्व संकलन करिब १ करोड रुपैयाँले बढेको छ ।

अघिल्लो आर्थिक वर्ष ०७६÷७७ भन्दा गत आर्थिक वर्ष ०७७÷७८ मा मोरङमा करिब १६ हजार बढी सवारी साधनलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आर्थिक वर्ष ०७६÷७७ मा ५४ हजार २ सय ९ वटा विभिन्न सवारी साधनलाई कारवाही गरी करिब ३ करोड १९ लाख ९५ हजार रुपैया राजस्व संकलन गरेकोमा गत आर्थिक वर्ष ०७७÷७८ मा ७० हजार १ सय २९ वटा ट्रक, बस, कार जीप, ट्याक्टर, मोटरसाइकल र ट्याम्पोलाई कारवाही गरी ४ करोड २० लाख ६३ हजार रुपैया राजस्व संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक कारवाही बढ्नु राम्रो नभएपनि पछिल्लो समय सवारी साधनको संख्या बढेको र चालक अनुमति पत्र वितरण प्रक्रिया रोकिएका कारण गत आर्थिक वर्षमा सवारी कारवाहीको संख्या बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिए ।

ट्राफिक नियम उल्लंघन गर्नेहरुमा ट्रक, ट्याक्टर र ट्याम्पोको संख्या गत आर्थिक वर्षमा बढेको पाइएको छ भने मोटरसाइकलको संख्या अघिल्लो आर्थिक वर्ष ०७६÷७७ को हाराहारी मै रहेको छ । ट्राफिक कारवाहीमा पर्नेमा बस र कार जीप भ्यानको संख्या भने घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।