चन्द्र ढकालद्वारा धितोपत्र बोर्डबाट राजीनामा दिने तयारी
काठमाडौँ ९ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यबाट राजिनामा दिने भएका छन् । उनी महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सञ्चालक बनेका थिए ।
उनले महासंघको उपाध्यक्ष बस्नु अगाडि गरेको कारोबारको विषयलाई उचालेको भन्दै गुनासो समेत पोखेका छन् । खासगरी, ढकाल सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका थिए । ढकालले सेयर खरिद गरेको विषय उठेपछि महासंघले एक विज्ञप्ति जारी गर्दै ढकाल वरिष्ठ उपाध्यक्ष बन्नु अगाडि नै सेयर खरिद भइसकेको जानकारी दिएको थियो । तर पटक-पटक यहि कुरा उठेपछि उनले राजिनामा दिने निर्णय गरेका बताए ।